अस्ट्रेलियालीका प्रधानमन्त्री अल्बानिजले गरे बालेनलाई टेलिफोन, के भने ?


काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढी तथा सुनामीजस्तै विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यकता परेका क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको बताएका हुन्।

अल्बानिजले मानवीय सहायता सामग्री, उपकरण र विशेष क्षमताका प्राविधिक टोलीमार्फत सहयोग जारी राखिएको जनाएका छन्। बाढीका कारण भएको जनधनको क्षति अत्यन्तै हृदयविदारक भएको उनले उल्लेख गरेका छन्।

उनले नेपालमा अझै बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकको खोजीका लागि हरसम्भव प्रयास गरिने बताएका छन्।