अहिले सरकारी कोषलाई हाेइन पीडितलाई राहत चाहिएको हाे : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको अवस्थामा सरकारी कोषलाई नभई पीडितलाई राहत चाहिएको बताएका छन् । पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूले सरकारी कोषमा सहयोग रकम जम्मै नगर्ने नभनेको पनि बताए। आफूहरूले करिब १ करोड २० लाखको राहत वितरण गर्ने भनेको बताए।

‘हामीले सरकारी कोषमा जम्मै गर्दैनौँ भनेर पनि भनेका छैनौँ। सरकारी कोषमा जम्मै गर्दैनौँ होइन, अहिले लगेर सरकारी कोषमा जम्मा गरिदियो, त्यो जम्मा भएर बस्छ, पीडितले पाउँदैन। त्यसैले हामी पहिले त हामी पीडितकोमा राहत पुर्‍याउँछौँ।’

उनले थपे, ‘हामी पहिले पीडितकहाँ राहत पुर्‍याउँछौ। अनि सरकारी कोषमा दाखिल गर्ने अवस्था रह्यो भने त्यसअनुसार हामी सरकारी कोषमा पनि दाखिला गर्न सक्छौँ।’

जलवायु परिवर्तनको असरले नेपालले ठूलो क्षति भोग्नुपरेकाले अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको माग राख्नुपर्ने पनि बताए। उनले फेरि सगरमाथा संवाद आयोजना गर्न सरकारसँग माग पनि गरे।

उनले भने, ‘हामीले वातावरणीय क्षति गरेका छैनौँ। क्षतिको मार चाहिँ हामीले व्यहोृर्नुपरिरहेको छ। जसले बिगार्न भूमिका खेलेको छ। विकशित देशहरूले क्षतिपूर्ति दिनुपर्छ।’