बाढीमा मृत्यु : एक हजार २८७ जनाको शव फेला


काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि मृत्यु भएका एक हजार २८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, रसुवामा १४०, तनहुँमा ३८, नुवाकोटमा १८४, नवलपरासीमापूर्वमा २१९, धादिङमा ६३, नवरपरासीपश्चिममा २१२, गोरखामा ७२ र चितवनमा ३५९ जनाको शव तथा मानव अंग भेटिएको हो ।

बाढी प्रभावित क्षेत्रमा करिब ५ हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

रसुवा जिल्ला प्रशासन कार्यालयले २ हजार १३० जना र नुवाकोटा जिल्ला प्रशासन कार्यालयले २ हजार ३४० जना सम्पर्कविहीन भएको जानकारी दिएको प्राधिकरणले जनाएको छ ।

यस्तै बाढी प्रभावित क्षेत्रमा ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् ।

हालसम्म बाढी प्रभावित क्षेत्रमा ५ हजार ३९७ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिचालन हुनेमा ७ हजार ९३१ प्रहरी, ९ हजार २८७ नेपाली सेना र ४ हजार २०३ सशस्त्र प्रहरी छन् ।

विभिन्न जिल्लामा राखिएको होल्डिङ सेन्टरमा ४ हजार ५२१ जना  रहेका छन् ।