काठमाडौँ । चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार गरिएको छ ।
मंगलबार गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका ३१ वर्षीय कैलाश रसाईलीको उद्धार गरिएको प्रहरीले जानएको छ ।
रसाइली सुनसरी धरान नपा–१४ घर भएर धुम्बाराही बस्दै आएका थिए । उनी खोलामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत्त महाराजगन्जको टोलीले उनलाई उद्धार गरेको हो ।




प्रतिक्रिया