काठमाडौं, भदौ २४ । संविधानविद् डा.भीमार्जुन आचार्यले ०८२ भदौ २३ र २४ को घटनालाई मानव सभ्यता कै सबैभन्दा क्रुर घटना भनेर टिप्पणी गरेका छन् ।
बुधबार डा.आचार्यले सामाजिक सञ्जालमार्फत् भदौ २३ र २४ को घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङभित्र पसाएको बताएका छन् । उनले भने, ‘भदौ २३ र २४ । सुरुङभित्र मान्छे फस्दाको पीडा र त्रासदी भोटेकोशी बाढीमा यसपटक हामीले व्यहो¥यौँ । क्षतिको कुनै लेखाजोखा नै छैन ।’
‘०८२ भदौ २३ र २४ को मानव सभ्यता कै सबैभन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङभित्र पसायो,’ संविधानविद् डा.आचार्यले भने । ‘अब सुरुङभित्रै सुशासन खोज्ने वा सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने ? हाम्रो हातमा छ, त्यसको निक्र्योल हामीले गर्नुपर्छ,’ उनले भने ।
‘हाम्रो लोकेसन बरदान हुन सक्थ्यो । तर, सधैं अभिसाप बन्यो,’ डा.आचार्यले भने, ‘केही विदेशी तत्वहरूले हामीलाई सधैं टुटाउने, फुटाउने र लडाउने प्रयास गर्दै आए । त्यसबाट हामी आजसम्म जोगिदै आयौँ । अब पनि जोगिनु पर्छ ।’
डा.आचार्यले भने, ‘हामी टुट्नु र फुट्नु हुँदैन । आज भदौ २४ को दिनमा भन्ने कुरा कुनै पनि मानववस्ती र राष्ट्रिय सभ्यताले हाम्रो जस्तो २३ र २४ को घटना अब व्यहोर्नु नपरोस् ।’
‘देशी र विदेशी सबै राजनीति न्यूनतम विधिमा आधारित भएर चलुन्,’ उनले भने, ‘मान्छेको जीवन र देशको जीवनको मूल्य हुन्छ, त्यसको सम्मान होस् । सुरुङबाट देशको छिटो सकुशल उद्धार होस् ।’




प्रतिक्रिया