कस्तो छ अस्पतालले भर्ना नलिएपछि फुटपाथमै जन्माएको बच्चा र आमाको अवस्था ?


काठमाडौं । सप्तरीस्थिकाे गजेन्द्रनारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएकाे छ । अस्पतालले घट्नाकाे छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ। 

बिहीबार अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कारबाही गर्ने जनाएको हो। ‘अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएकाले अस्पताल प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमबमोजिम आवश्यक कारबाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ। 

यसैबीच , बिहिबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा पनि यस विषयलाई सांसदहरुले आवाज उठाएका छन् ।