विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ।

झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए।

प्रहरीका अनुसार घटनाका क्रममा सुरक्षाकर्मीसँग मुठभेडमा उत्रिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी रहेका छन्।