राष्ट्र जोगाउन सबै एक ठाउँमा उभिनुपर्छ : दुर्गा प्रसाईं


काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले राष्ट्र जोगाउन सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले अहिले राष्ट्र गम्भीर समस्यामा रहेको दाबी गरे ।

झापाबाट काठमाडौं फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि रोकिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

प्रसाईंले आफूलाई कुनै पदको आवश्यकता नरहेको बताए । प्रधानमन्त्री वा मन्त्री बन्ने आफ्नो चाहना नरहेको उल्लेख गर्दै उनले वर्तमान गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहले राम्रो काम गरे आफूलाई केही नचाहिने बताए ।

“मलाई कुनै पद चाहिएको छैन । प्रधानमन्त्री, मन्त्री केही बन्नु छैन । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले राम्रो काम गर्नुभयो भने मलाई केही चाहिँदैन,” उनले भने ।

सिंहदरबार र संसद् भवनमा को–को बसेर आगजनी गरे भन्ने भिडियो आफूले चाँडै सार्वजनिक गर्ने उनले बताए ।