काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डा. राम लामाले जानकारी दिए ।
शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न सकिने अवधारणाबारे छलफल हुँदै आएको छ ।
उनका आुसार सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा र्ट्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल हुन लागेको हो ।




प्रतिक्रिया