काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।




प्रतिक्रिया