मुस्ताङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला मुस्ताङ पुगेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित स्याउबारीमा पुगेर धमलाले स्याउ खेतीको अवलोकन गरेका छन्। उनले स्थानीय किसान, नागरिक तथा व्यापारीहरूसँग अन्तरक्रियासमेत गरे ।
अन्तरक्रियाका क्रममा धमलाले स्थानीयस्तरमा कृषि, पर्यटन तथा व्यापारका क्षेत्रमा देखिएका सम्भावना र चुनौतीबारे जानकारी लिएका थिए। उनले किसानका समस्या तथा अपेक्षाबारे समेत चासो राखेका थिए।

स्याउबारी अवलोकनका क्रममा धमलाले किसानको मेहनत र योगदानको सम्मान गर्दै उनीहरूको साथमा उभिनुपर्ने धारणा व्यक्त गरे।
मुस्ताङको कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत स्थानीय उत्पादन र व्यवसायलाई थप सुदृढ बनाउन सकिने उनले बताए ।
उनले मुस्ताङमा विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेका छन् ।

उनी हिजाेदेखि जाेमसाेममा सुरु भएकाे ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ मा पनि सहभागि भएका थिए । उनले मंगलबार बिहान भगवान् मुक्तिनाथको दर्शन तथा पूजाअर्चनासमेत गरेका थिए ।




प्रतिक्रिया