काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराई, उपत्यका तथा खोँचहरूमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, बिहीबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया