बझाङ । बझाङको पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
भिडियोमा एक महिलाले पुलबाट कुकुरलाई नदीमा फालेको देखिन्छ। घटनापछि स्थानीय तथा पशु अधिकारकर्मीले दोषीलाई कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराका अनुसार भिडियो सार्वजनिक भएपछि प्रहरी टोली घटनास्थल पुगे पनि कुकुर फेला पर्न सकेन। नदीमा खसेपछि कुकुरको अवस्था पनि यकिन भएको छैन।
प्रहरीले भिडियोमा देखिएकी महिलाको पहिचान तथा घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया