अवैध लागूऔषध सहित तीन जना पक्राउ


कैलाली, लम्कीचुहा नगरपालिका-४ बाट अवैध लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले मिलनलाई गाँजा २५ ग्राम र राजेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ फलाँटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिनोद सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।