काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेका छन्।




प्रतिक्रिया