मधेस प्रदेश सांसद खातुनको निधन


काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनकाे निधन भएको छोरा रौजन मियाँले जानकारी दिए ।