काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलमा बेपत्ताको खोजी गर्ने क्रममा थप चार जनाको शव र एक मानव अंग फेला परेको छ।
नेपाली सेनाका अनुसार मंगलबार टनेलको अन्तिम भागसम्म खोजी गर्ने क्रममा ती शव तथा मानव अंग भेटिएका हुन्। फेला परेका शव र मानव अंग हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग बरामद भएको थियो। भदौ १० गते आएको बाढीका बेला टनेलमा ६ जना फसेको अनुमान गरिएको थियो।
हालसम्म पाँच जनाको शव फेला परिसकेको छ भने अझै एक जना बेपत्ता छन्। नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमे आयोजना र नेपाल विद्युत् प्राधिकरणसहितका निकायले खोजी कार्यलाई निरन्तरता दिएका छन्।




प्रतिक्रिया