एमाले नेता बास्कोटाको व्यङ्ग्य : ‘नयाँ भन्या नयाँ हो के, अरू छुँ मतलव ?’


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका कामकारबाहीप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

बास्कोटाले बिहीबार फेसबुकमा लेख्दै सरकारका विभिन्न निर्णय र अवस्थालाई जोडेर प्रश्न उठाएका हुन्। उनले ‘नयाँ’ सरकार भनिए पनि नागरिकले महसुस गर्ने गरी परिवर्तन देखिन नसकेको आशय व्यक्त गर्दै भिजिट भिसा, मन्त्रीका सल्लाहकार, महँगी, लगानी र विदेशिने नेपाली लगायतका विषय उठाएका छन्।

उनले लेखेका छन्, “नयाँ भन्या नयाँ हो के, अरु छुँ मतलव? ट्याँ टुँ, भिजिट भिषा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार, महङी स्वाट्टै घट्यो, लगानी ह्वात्तै बढ्यो, विदेशी गल्लीमा नेपाली रित्तिए। प्रगति पो के ले नाप्ने?”

उनले केहीदिन अघि अस्पतालले भर्ना ननिलएपछि महिलाले फुटपाथमै बच्चा जन्माएकाे घट्नामाथि पनि व्यङ्ग्य गर्दै लेखेका छन्, “सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चै नहुने के–मान्छेले।”