कांग्रेसले निवर्तमान कार्यसमितिका सबैलाई बैठकमा बोलायो


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान कार्यसमितिका सबैजनालाई बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकका निम्ति निवर्तमान कार्यसमितिका सबैजनालाई पत्र पठाएर निमन्त्रणा गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन भनिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई महत्त्वका साथ हेरिएको छ ।