काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार पुरस्कार विजेताहरूको सूची सार्वजनिक गरेको छ । ।
आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एकलाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा यो महिना बाढीका कारण मासिक घोषणा गरिएको हो ।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान किनेका ग्राहकले १० लाख उपहार जितेका छन् । अर्कोतर्फ सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाख उपहार परेको छ । अन्य ३१ जनालाई दैनिक १ लाखका दरले वितरण हुने उपहार परेको छ ।






प्रतिक्रिया