देउवालाई छाडेर सानेपामा पुगे नेताहरु,को-को ?


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा सुरु हुँदैछ ।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्ये १५औँ महाधिवेशनमा सहभागी हुन इच्छुकलाई विशेष महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा समायोजन गर्ने निर्णयपछि कांग्रेसको यो पहिलो केन्द्रीय समिति बैठक हो।

बैठकमा यसअघि संस्थापन इतर समूहमा रहेका नेताहरूको समेत सहभागिता भएका छन् । पूर्वसभापति शेरबहादुर देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू सभापति गगन थापासँग सहमति गरेर बैठकमा सहभागी हुन भएका हुन्।

यसैगरी, डा. शेखर कोइरालानिकट केही नेताहरू पनि बैठकमा सहभागी हुँदैछन्।

बैठकमा हालसम्म देउवा समूहमा रहेका नेताहरू महालक्ष्मी डिना उपाध्याय, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार र गणेश लामा सानेपा पुगिसकेका छन्।

यस्तै, डा. शेखर कोइराला समूहमा रहेकी किरण यादव पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी छन्।