माइतीघरमा आत्मदाह प्रयास गरेकी लक्ष्मीदेवीको अस्पतालबाट अपिल: ‘देश बचाउन एकजुट बनौँ’


काठमाडौँ। जेनजी आन्दोलनकी सहभागी तथा पूर्वराजा समर्थक लक्ष्मीदेवी बस्नेतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेकी थिइन्। घटनापश्चात् उपचाररत अवस्थामा अस्पतालको शय्याबाटै एक भिडियो सन्देश जारी गर्दै उनले देश गम्भीर सङ्कटमा परेको दाबी गरेकी हुन्।

सार्वजनिक भिडियो सन्देशमा बस्नेतले देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाप्रति तीव्र असन्तोष व्यक्त गर्दै नागरिकहरूलाई एकजुट हुन आह्वान गरेकी छन्।

उनले मुलुकको राष्ट्रिय स्वाधीनता गम्भीर मोडमा पुगेको उल्लेख गर्दै वर्तमान राज्य सत्ता र राजनीतिक नेतृत्व अर्काकै इसारामा सञ्चालित भइरहेको आरोप लगाएकी छिन् ।

देशको अस्तित्व जोगाउनका लागि सबै पक्ष र आम नागरिक अविलम्ब एकजुट हुनुपर्नेमा बस्नेतले जोड दिएकी छिन् ।

देशको रक्षाका लागि राजतन्त्र पुनर्स्थापना हुनुपर्नेमा उनको जोड छ ।