काठमाडौं । नेकाप एमालेले पार्टीको सचिवालय र कार्यदलको बैठक बोलाएको छ ।
कार्यदलको बैठक असोज ४ गते बिहान ८:00 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । यस्तै, केन्द्रीय सचिवालयको बैठक दिउँसो १:00 बजे बस्नेछ ।
एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । केन्द्रीय कमिटीको बैटक असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्नेछ ।
सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ ।




प्रतिक्रिया