कांग्रेस १५औँ महाधिवेशन : ३१ जिल्लाको वडा अधिवेशन भोलि


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन भोलि हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपछि निर्वाचन सम्पन्न भएको छ ।

शनिबार ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि पनि निरन्तर जारी रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।