दुई सहसचिवको सरुवा


काठमाडौँ । गृह मन्त्रालयले  दुई सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ । उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । 

त्यस्तै मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको छ ।