बालेन सरकारको सफलताको भित्री पाटो: कुमार बेनको बौद्धिकता र रणनीतिक सामर्थ्य


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्व हुँदै देशको सर्वोच्च कार्यकारी पद सम्हाल्न पुगेका प्रधानमन्त्री बालेन्द्र शाहको हरेक सफलता, दूरगामी निर्णय र प्रशासनिक परिपक्वताको पछाडि उही सर्वमान्य रणनीतिक दिमाग कुमार बेन (व्यञ्जनकार) को भूमिका निर्णायक रहँदै आएको छ।

देशको प्रधानमन्त्री बनिसकेपछि पनि बालेन शाह आफ्ना मुख्य रणनीतिकार प्रमुख सल्लाहकार बेनकै दूरदर्शी योजना, सल्लाह र नीतिगत खाकाअनुसार अगाडि बढिरहेको जानकारहरु बताउँछन्।

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म बालेनलाई एक सफल, अडिग र जनप्रिय नेताका रूपमा स्थापित गराउन कुमार बेनले पर्दापछाडि बसेर तयार पारेको रणनीति नै मुख्य जग बनेको विश्लेषकहरूको ठहर छ।

प्रधानमन्त्री बालेन शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ महासभाको भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थितिको तयारी पछाडि कुमार बेनको उच्च कूटनीतिक चातुर्य र योजनाबद्ध रणनीति मुख्य कारक रहेको विश्लेषकहरुको ठहर छ। विश्वमञ्चमा नेपालको नयाँ, गतिशील र युवा नेतृत्वको छवि प्रस्तुत गर्दै देशको कूटनीतिक साख बढाउनका लागि प्रधानमन्त्री आफैँ संयुक्त राष्ट्रसङ्घको मञ्चमा पुग्नुपर्ने ठोस र दूरदर्शी सुझाव बेनले नै दिएका हुन्।

बेनको यसै रणनीतिक सल्लाहका कारण प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रसङ्घीय यात्रालाई उच्च प्राथमिकतामा राखेका हुन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
यस भ्रमणमार्फत नेपालको बदलिँदो प्राथमिकता, सुशासनको सन्देश र विकासको नयाँ सोचलाई विश्वसमुदायमाझ पुर्‍याउन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको योजनाले नेपालको वैदेशिक सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

काठमाडौँ महानगरमा हासिल गरेको सफलतापछि सिंहदरबारको बागडोर सम्हाल्दासम्म बालेन शाहका हरेक साहसिक र नीतिगत कदमहरूको खाका कोर्ने काम कुमार बेनले निरन्तर गर्दै आएका छन्। बेनको गहिरो अध्ययन, सूक्ष्म राजनीतिक विश्लेषण र असम्भव मानिएका जटिलताहरूलाई सहज समाधानमा बदल्न सक्ने विलक्षण क्षमताकै कारण आज बालेन सरकारले छोटो समयमै जनतामा विश्वास जगाउन सफल भएको विश्लेषकहरुको दाबी छ।

प्रशासनिक पुनर्संरचना, सुशासनको प्रत्याभूति, ठूला पूर्वाधार विकासका योजना र जनहितकारी नीतिको निर्माणमा बेनको बौद्धिकता र गृहकार्य नै प्रधानमन्त्रीका लागि सबैभन्दा ठूलो सामर्थ्य बनेको छ। बेनले कोरेको सोही रणनीतिक मार्गचित्रमा हिँडेकै कारण बालेनको हरेक कदम राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित हुँदै आएको छ।

राष्ट्रिय राजनीति र सिंहदरबारको जटिल प्रशासनिक वातावरणलाई सहजै नियन्त्रणमा राख्दै प्रधानमन्त्री शाहको नेतृत्वलाई सर्वस्वीकार्य बनाउन बेनले अपनाएको शक्ति सन्तुलनको रणनीति अचूक सिद्ध भएको छ।

बालेन शाहको प्रधानमन्त्रीत्वकालमा देखिने स्पष्टता, निर्भीकता र द्रुत निर्णय क्षमताको पछाडि कुमार बेनको समर्पित गृहकार्य र रणनीतिक दूरदृष्टि नै प्रमुख प्रेरक शक्ति रहेको आँकलन गरिएको छ। राष्ट्रसङ्घीय मञ्चमा नेपालको बलियो उपस्थिति गराउने दुरदर्शी सोचदेखि समृद्ध नेपालको आन्तरिक खाकासम्म बेनकै विचार र योजनाअनुसार सरकार अघि बढिरहेको विश्लेषकहरुको दाबी छ।

यसले कुमार बेन एक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मात्र नभई आधुनिक नेपालको राजनीति र कूटनीतिलाई नयाँ दिशा दिने एक कुशल, प्रखर व्यक्तित्व भएको पुष्टि गर्छ।