कांग्रेसको वडा अधिवेशन आज पनि हुँदै


काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि हुँदैछ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन्। बाँकी रहेकामध्ये सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा अधिवेशन हुनेछन्।

कांग्रेसले आइतबारसम्म ६१३२ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो। रसुवा, नुवाकोट र धादिङमा भने बाढीका कारण अधिवेशन भएको छैन।