कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सञ्जय लामाको दाबी


सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाले उम्मेदवारी प्रस्तुत गर्दै दाबी गरेका छन्।


पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको सम्मान र एकतालाई प्राथमिकता दिने तथा युवाको सक्रिय सहभागिता बढाउने उद्देश्यसहित लामाले क्षेत्रीय सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।


नेपाल तरुण दलको नेतृत्वमा रहेर संगठन निर्माण तथा युवामाझ सक्रिय भूमिका निर्वाह गर्दै आएका लामाले नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


क्षेत्रीय सभापतिको उम्मेदवारीसँगै लामाले पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहकार्य र समर्थनको अपेक्षा राखेका छन्। आगामी अधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारीले क्षेत्रीय राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने देखिएको छ।