युट्युबर मनोज मानव पक्राउ


काठमाडौं । युट्युबर मनोजकुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । चतरा पुलस्थित एक होटलबाट उनलाई उदयपुर प्रहरीको सहयोगमा सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । 

सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा उनीविरुद्ध जाहेरी परेको छ । सोही जाहेरीका आधारमा लहान नगरपालिका–२४ का मानवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यसअघि पनि पटक पटक साइबर अपराध कसुरमा पक्राउ पर्दै रिहा भएका उनीविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन छन् ।