काठमाडौं । प्रहरीले त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार उक्त समितिलाई पाँच दिनको समय दिइएको छ ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।




प्रतिक्रिया