कञ्चनपुर, ६ असोज । लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर टेम्केमैयुङ गाँउपालिका-१ बस्ने २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउराली बस्ने २४ वर्षीय प्रविन राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडी सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पक्राउ गरेको हो ।
यसैगरी धनकुटा, सहिदभूमि गाउँपालिका-७ चाम्चा बस्ने २१ वर्षीय प्रगत राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्पेन २ सय ९० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ चैनपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित राक्सिराङ गाउँपालिका-८ बस्ने २३ वर्षीय अन्जन कुमार थिङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट चैनपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा ६ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ८ लाख ८७ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ बिजयपुर डेरा गरी बस्ने भोजपुर घर भएका २३ वर्षीय रितेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ लेखनाथ चोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २४ वर्षीय कबिर सहनी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम, ट्रामाडोल ६ सय ६० ट्याब्लेट, डिकोलिक ६० ट्याब्लेट र स्पास्पेन १ सय २४ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कबिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा भन्सार चोक नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन ४४ एम्पुल, फेनारगन ४३ एम्पुल र डाइजेपाम ४३ एम्पुल सहित सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३० वर्षीय शिब गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ४ एम्पुल सहित सोही महानगरपालिका-६ ठाडोपसल बस्ने ३२ वर्षीय सबिन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो
बाँके, कोहलपुर नगरपालिका-१३ सिम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सम बहादुर नेपाली र २४ वर्षीय नबिन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया