काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोललाई साझा उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले डंगोललाई साझा मोर्चाको तर्फबाट मेयरको उम्मेदवार बन्न सुझाव दिएको जानकारी दिए ।
एउटा साझा मोर्चा निर्माण गरी महानगरका ३२ वटै वडामा वडाध्यक्षका उम्मेदवार तय गर्न र आफू मेयरको साझा उम्मेदवार बन्न डंगोललाई आग्रह गरेको धमलाले बताए । उनले स्वतन्त्र साझा मोर्चा बनाएर अघि बढे आफ्नो अभियानले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत धमलाले जनाएका छन् ।
स्थानीय तहमा गैरदलीय उम्मेदवारको आवश्यकता रहेकाले डंगोललाई उक्त सुझाव दिएको धमलाले उल्लेख गरेका छन् ।
यस विषयमा कार्यबाहक प्रमुख डंगोलको प्रतिक्रिया भने आउन बाँकी छ ।




प्रतिक्रिया