जाजरकोट । प्रमुख जिल्ला अधिकारी नवराज बरालको जाजरकोट आगमनसँगै जिल्लामा नयाँ आशा, उत्साह र भरोसा जागेको सूर्यकिरण युवा विकास केन्द्र, जाजरकोटले जनाएको छ।
केन्द्रका अध्यक्ष राजीव शाहले प्रजिअ बरालको सक्रियता, कार्यशैली, समस्या बुझ्ने क्षमता र जनमुखी सोच प्रशंसनीय रहेको बताएका छन्। उनका अनुसार जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि अग्रसर हुने नेतृत्व पाएपछि जिल्लाको विकास तथा समृद्धिको यात्राले नयाँ गति लिने अपेक्षा गरिएको छ।
“प्रशासन जनताको सेवक हो र जनताका समस्या समाधान गर्न सदैव अग्रसर हुनुपर्छ भन्ने उदाहरण उहाँको कार्यशैलीले दिएको छ,” शाहले भने।
प्रजिअ बरालको नेतृत्वमा जाजरकोटमा विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा नागरिकका दैनिक समस्याका क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। जिल्लाको विकास, समृद्धि र जनताको हितका लागि उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक बन्ने विश्वाससमेत व्यक्त गरिएको छ।




प्रतिक्रिया