पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगायाे


काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगााएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

घटनामा हालसम्म मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।