काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्। गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उनको भनाइ छ।
पोखरेलले गलत कामविरुद्ध सबैले खबरदारी गर्नसमेत आग्रह गरेका छन्।
‘बिना कुनै प्रमाण पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो,’ पोखरेलले फेसबुकमा लेखेका छन्।




प्रतिक्रिया