काठमाडौं । मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ । १० जना बेपत्ता भएका छन् ।
आइतबार बिहान गएको हिमपहिरोमा १० जना नेपालीहरु बेपत्ता भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’




प्रतिक्रिया