काठमाडौं । रौतहट गढीमाई नगरपालिका–२ की २५ वर्षीया लिजा पुडासैनीले ६ करोड १० लाख रुपैयाँमा खरिद गरेको काठमाडौं नागार्जुन नगरपालिका–४ स्थित घर बिक्रीकर्ताले नै खाली नगरेको पाइएकाे छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पुडासैनीका ससुरा चन्देश्वर दासले २०८२ असार १७ गते नागार्जुन नगरपालिका वडा न. ४ मा बस्ने कैलास के.सी.सँग ६ करोड १० लाख रुपैयाँमा घर खरिद गरिएको बताए । उक्त घर पुडासैनीको नाममा कानुनी रूपमा पाससमेत भइसकेको छ । ‘६ करोड १० लाख रुपैयाँ तिरेर घर खरिद गर्यौँ, नाममा पास पनि भइसक्यो। तर १४ महिना बितिसक्दा पनि घर खाली गरिएन। घर खाली गर्न आग्रह गर्दा उल्टै धाकधम्की दिन्छ,’ दासले भने।

कानुनी रूपमा पास भइसकेपछि पनि के.सी.ले घर खाली नगरेको दासको आरोप छ। घर खाली गर्न पटक–पटक आग्रह गर्दा उल्टै धाकधम्की दिने गरेको उनले बताए ।
दासका अनुसार घरबाट मासिक करिब २ लाख रुपैयाँ भाडा आउने भए पनि के.सी.ले नै लिइरहेका छन् ।
उनले घर पास पाससकेपछि पनि भोगचलन गर्न नपाउँदा परिवार आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताए। उनले राज्यका सम्बधन्धित निकायको तत्काल छानविन गरी आफ्हनाे परिवारलाई न्याय दिन माग गरे।
उनका अनुसार यस विषयमा ‘हेल्लो सरकार’मा समेत उजुरी गरिएको थियो। तर उजुरीपछि पनि त्यँहाबाट प्रकारकाे सुनुवाइ नभएको गुनासो गरे ।

के.सी.की श्रीमतीले उक्त सम्पत्तिसम्बन्धी अंश मुद्दा दायर गरेपछि थप समस्या भएकाे दासले जानकारी दिए।




प्रतिक्रिया