पोखरा । मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार स्थानीय ठाडो खोलाबाट झरेको लेदो सहितको पहिरोले नदी थुनिएको हो।
योसँगै नदीमा ताल बन्न थालेको छ। मर्स्याङ्दीमा साईरन बज्न थालेको स्थानीयले बताएका छन्। तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।




प्रतिक्रिया