काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको ‘हुंकार मधेश’ले संविधानसभा सदस्य रामकुमार (कश्यप ) लाई सहजकर्ता र युवा नेता केशव कुमारलाई प्रवक्ता चयन गरेको छ।
असोज ९ गते बसेको बैठकले उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
अभियानले विभिन्न दलका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरूलाई एकजुट गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने जनाएको छ।
अभियानले छिट्टै विभागीय प्रमुख चयन गर्नुका साथै झापादेखि कञ्चनपुरसम्म सयदिने यात्रा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।





प्रतिक्रिया