काठमाडौं, १२ असोज । महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेर सर्वोच्च अदालतको न्यायाधीश बनेकी सपना मल्ल प्रधानको इजलासले न्याय क्षेत्रमा दुरगामी महत्वका नजिर स्थापित गरिरहेका छन् । यसमा अर्को नजिर थपिएको छ बलात्कार मुद्दामा ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले विवाह गर्न प्रलोभन देखाई गरिएको शारीरिक सम्बन्ध सहमति नै भएपनि बलात्कार हुने गरी फैसला गरेको हो । इजलासले स्पष्ट शब्दमा भनेको छ ‘नियोजित झुट बोलेर प्राप्त गरिएको शरीरमाथिको पहुँच सहमति हुनै सक्दैन त्यो बलात्कार हो ।’
विवाह गर्छु भन्ने आश्वासन दिएर शारीरिक सम्बन्ध कायम गरी फरार युवकविरुद्ध पीडितले मुद्दा दायर गरेपछि भएको फैसलाले अन्य मुद्दाहरु पनि फैसलाका लागि सहज बनाइदिएको हाे । अदालतमा विवाहको आश्वासन दिएर या व्यक्तिगत विवरणबारे झुटो बोलेर स्थापित गरिएका शारीरिक सम्बन्धपछि पीडितले निवेदन दिएका घटनाहरु विचाराधीन छन् ।
त्यसमध्ये क्षेत्रपाटीका सन्दीप भन्ने अभय राज श्रेष्ठ पनि हुन् । उनलाई र्पुपक्षका लागि थुनामा पठाएपछि आफन्तले पीडित देखि अदालतसम्मलाई प्रभावित पार्ने प्रयास गरेपछि जिम्मेवार निकायहरुले चासो लिन थालेका छन् । नाताले उनको मामा पर्ने व्यक्तिले एकजना न्यायाधीशको धाक लगाएर मुद्दा प्रभावित पार्न खोजिरहेका छन् । उनका निकट मित्र सागर थापा मगरले पीडितलाई धम्की दिएको विश्वस्त स्रोतले बतायाे ।


अदालतले अनुसन्धानलाई प्रभावित पार्न सक्ने देखेर थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएका ती व्यक्तिका आफन्त र साथी धरौटीमा रिहाई देखि पीडितलाई धम्की दिने गतिविधिमा लागेपछि चासो बढेको हो । स्राेतका अनुसार यो घटनापछि एकजना न्यायाधीश पनि निगरानीमा परेका छन् ।
२६ परिसर नाम दिइएकी पीडितले क्षेत्रपाटीका अभय राज श्रेष्ठविरुद्ध जर्बजस्ती करणीको उजूरी दिएकी थिइन् । अभय राजले विवाहको प्रलोभनमा पारी शारीरिक सम्बन्ध राखेको उजूरीमा उल्लेख छ । सन्दीप ठमेल क्षेत्रमा सागर थापा मगरसँग मिलेर गुण्डागर्दी गर्ने गरेको बुझिएको छ । अभयविरुद्ध तीन वर्षअघि बहुविवाहको उजूरी पनि परेकाे थियाे ।
पछिल्लो समय अदालतमा निवेदन दर्ता नभएको, मानव बेचविखनमा समेत संलग्न रहेको विषय समावेश थियो । २६ परिसर नाम दिइएकी युवतीले लागूऔषध कारोबार, मानव बेचविखन र बलात्कारको निवेदन दिएकी थिइन् । निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले जर्बजस्ती करणीमा मुद्दा मात्र दायर गरेको छ ।
काठमाडौं जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा पठाएपछि प्रतिवादी श्रेष्ठ सरकारविरुद्ध पुनरावेदन अदालत पुगेका छन् । पेशी तोकेर पालो नआएपछि फेरि सरेको छ । तर, बारम्बार पेशी तोकिएपछि चासो बढेको हाे।
सर्वोच्चका एकजना न्यायाधीशसँग अभय राज श्रेष्ठको आफन्तको विशेष सम्बन्ध रहेको स्राेतकाे दाबी छ । अभय विवाह गर्ने र पारपाचुके गर्ने गर्दै आएको रेकर्ड छ । उनको पारपाचुकेको एउटा मुद्दा तीन वर्षदेखि विचाराधीन छ ।

मुद्दा चलिरहँदा पीडकका परिवारले पीडितलाई प्रभावित बनाउन खोजेको विश्वस्त स्रोतले बतायाे । विभिन्न माध्यमले पीडितसमक्ष ज्यानै जोखिममा पारिदिने सम्मको धम्की दिएको बुझिएको छ । थुनामुक्त भएपछि देखाइदिने धम्की दिएको कारण पीडित पक्षले अनुसन्धान नै प्रभावित पार्ने हुन् कि भनी चिन्ता गरेकाे छ ।
यसैगरी, जर्बजस्ती करणी मुद्दामा र्पुपक्षका लागि थुनामा पठाइएकोमा त्यसविरुद्ध पीडक श्रेष्ठ अदालत गएकोमा भदाै १५ मा निवेदनसहितको मिसिल अध्ययन गरी काठमाडौं जिल्ला अदालतले ८ भाद्रमा जारी गरेको आदेश गर्दा लिइएको आधार र कारण खुलाई संक्षिप्त प्रतिवेदन पेश गर्न आदेश जारी भएको छ ।
न्यायाधीश नेत्रप्रकाश आचार्यको एकल इजलाशले उक्त आदेश जारी गर्दा निवेदक श्रेष्ठको माग भने दिएन । श्रेष्ठले जर्बजस्ती करणीको मुद्दालाई वेरितको आदेश भनी बदरको माग गरेका थिए । रोचक त यो छ कि श्रेष्ठले उच्च अदालतमा दायर गरेको मुद्दाको पेशी हप्तैपिच्छे तोकिएर सुनुवाई हुने गरेको छ । अरु मुद्दाको पेशी नै नतोकिने र श्रेष्ठको मुद्दाको निरन्तर पेशी तोकिनुले पनि चासो बढेकाे हाे ।




प्रतिक्रिया