धादिङका पाठकले गरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–७ निवासी रञ्जित पाठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका पाठकले धादिङ निर्वाचन क्षेत्र नम्बर ३ को नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका उनी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएका थिए।

यसपटक १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै पाठकले महाधिवेशन प्रतिनिधि खुलातर्फ उम्मेदवारी अघि सारेका हुन्।

युवाको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेको पाठकले बताएका छन्।