कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको पुल चुँडिएको छ। बुधबार बिहान पुलको बिचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुँडिएको एक स्थानीयले जानकारी दिए ।
नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।
पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो।




प्रतिक्रिया