चितवन । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगमा आशिष सापकोटाको नेतृत्वमा जेनजी चितवनका युवाहरू सक्रिय भएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा टोलीले राहत तथा खाद्यान्न वितरण गरिरहेको छ। साथै, ट्राफिक व्यवस्थापन र प्रभावित बस्तीको सरसफाइमा पनि युवाहरू खटिएका छन्।
विद्यालय परिसरमा जमेको हिलो तथा फोहोर हटाउने र पुनर्स्थापनाका काममा समेत युवाहरूले स्थानीय समुदायसँग सहकार्य गरिरहेकाे जेनजी अभियन्ता आशिष सापकोटाले जानकारी दिए । प्रभावित क्षेत्रमा आवश्यक सहयोग जुटाउँदै टोलीले स्वयंसेवी रूपमा काम गरिरहेको उनले बताए ।
संकटका बेला युवाहरूको सक्रिय सहभागिताले प्रभावित समुदायलाई सहयोग पुगेको विश्वास सापकाेटाकाे छ। सापकोटाको नेतृत्वमा जेनजी चितवनले राहत, सरसफाइ र पुनर्स्थापनाका कामलाई निरन्तरता दिएको हाे ।





प्रतिक्रिया