रास्वपा सरकारप्रति जेनजीको असन्तुष्टि : ‘सरकारसँग सहकार्य गर्ने वातावरण खोइ?’


काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारसँग जनताले ठूलो अपेक्षा गरे पनि पछिल्लो समय निराशा बढ्दै गएको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै विश्वकर्माले सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू इच्छुक रहेको बताए। उनले सरकारसँग पाँच वर्ष हातेमालो गर्दै काम गर्न चाहेको भए पनि त्यसका लागि आवश्यक वातावरण सरकारले निर्माण गर्न नसकेको आरोप लगाए।

पूर्वप्रधानन्यायधिस चोलेन्द्र शमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति नियन्त्त्रणमा लिएकाे विषयमा बोल्दै उनले जेनजीबाट थ्रेट भनिएकाेमा आपत्ति जनाउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

‘चोलेन्द्रलाई थ्रेट ३८ वर्षको जेनजी सुधन र ३५ वर्षको बालेन जेनजीबाट थियो,’ उनले भने ‘साँच्चै जेनजीबाट थ्रेट हो भने त्यो कोबाट हो? सार्वजनिक गर्नुपर्‍यो ।’