काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख पदमबहादुर परियार १५औँ महाधिवेशनअन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
निर्वाचनमा पराजित भएपछि प्रतिक्रिया दिँदै परियारले आफूलाई मतदान तथा समर्थन गर्ने सबै क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। उनले कुनै गुट वा उपगुटलाई प्राथमिकता नदिई लोकतान्त्रिक विधि र पद्धतिअनुसार निर्वाचनमा सहभागी भएको बताएका छन्।
प्राप्त नतिजाले आफू र आफ्ना समर्थकलाई विचलित नबनाउने उल्लेख गर्दै परियारले आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ राजनीतिमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
दलित समानुपातिकतर्फ विजयी अमृतबहादुर नेपालीलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। क्रममा सहयोग गर्ने अग्रज तथा युवा नेता, निर्वाचन आयोग, स्वयंसेवक, प्रचारक, शुभेच्छुक तथा आफूलाई मतदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।




प्रतिक्रिया