वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन भोलि शनिबार वीरगञ्जमा हुँदैछ। यसअघि असोज ९ र १० गतेका लागि तय गरिएको महाधिवेशन लगातारको वर्षा तथा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानपछि स्थगित गरिएकाे थियाे ।
महाधिवेशनको तयारी पूरा भइसके पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए । उनका अनुसार कार्यक्रम वीरगञ्जस्थित ओम पार्टी प्यालेसमा हुनेछ ।
कार्यक्रममा विभिन्न पार्टीका नेताहरुलाई आमन्त्रण गरिएको बनाइएको छ । साथै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषी धमलाको पनि विशेष सम्बोधन हुने जनमत पार्टीले जनाएको छ ।
यसअघि निर्धारित तालिकाअनुसार अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेको थियो। अब संशोधित कार्यतालिकाअनुसार भोलि महाधिवेशनका बाँकी प्रक्रिया अघि बढाइनेछ।




प्रतिक्रिया