लमजुङ । बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
बाढीपहिरोका कारण बेसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो ।
सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ । रासस




प्रतिक्रिया