कांग्रेसमा २३२ सदस्यीय केन्द्रीय समिति हुने


काठमाडौँ, १९ असोज । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले पहिलो चरणमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई पछि पारेका छन् । लुलाले ४५ प्रतिशत मत पाएका छन् । उनीहरूबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

बोल्सोनारो परिवारका अन्य सदस्यले पनि निर्वाचनमा सफलता हासिल गरेका छन् । परिवारसम्बद्ध लिबरल पार्टीले सिनेटका ५४ मध्ये १९ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ । जाइर बोल्सोनारोकी पत्नी मिशेलले फेडरल डिस्ट्रिक्टबाट सिनेटका लागि सबैभन्दा धेरै मत प्राप्त गरेका छन् भने उनका छोरा कार्लोस सान्ता क्याटरिनामा दोस्रो धेरै मत पाउने सिनेट उम्मेदवार बनेका छन् ।

सबैभन्दा कान्छा छोरा जाइर रेनान र जाइरका भाइ रेनाटो पनि क्रमशः सान्ता क्याटरिना र साओ पाउलोबाट सङ्घीय सांसदमा निर्वाचित भएका छन् ।

जाइर बोल्सोनारोलाई सत्ता कब्जाको षड्यन्त्रमा दोषी ठहर गरिएपछि सन् २०३० सम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको छ । फ्लेभियो राष्ट्रपतिमा निर्वाचित भएमा जेलमा रहेका पितालाई माफी दिलाउने प्रतिबद्धता पूरा गर्न परिवारका सांसदहरूको सहयोग लिन सक्नेछन् । त्यसका लागि काङ्ग्रेसका दुवै सदनको स्वीकृति आवश्यक पर्नेछ ।

लुला पुनः निर्वाचित भएपनि रूढीवादी सांसदहरूको प्रभाव रहेको काङ्ग्रेसबाट आफ्ना नीति अघि बढाउन उनलाई चुनौती हुने देखिएको छ । रासस