काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिनधसभा सदस्य डा. गंगा लक्ष्मी अवालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचसत अवालले आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
पार्टीलाई थप सशक्त, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धतासहित अवालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी बताइन् ।
उनले कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै पार्टीका नीति, विचार र लोकतान्त्रिक मूल्य–मान्यतालाई प्रभावकारी रूपमा अघि बढाउन आफ्नो भूमिका रहने बताइन् ।
महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्दै संगठनलाई थप जनमुखी र समावेशी बनाउने उद्देश्य रहेको अवालको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि खुलामञ्चमा जारी छ ।




प्रतिक्रिया