तेजुलाल चौधरीले कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दिने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तेजुलाल चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

चौधरीले थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत  मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ । कांग्रेसको १५औँ महाधिवेशन आइतबार खुलामञ्चमा उद्घाटन गरिएकाे थियाे । उद्घाटन समाराेहमा विभिन्न दलका शीर्ष नेताहररुकाे उपस्थिति रहेकाे थियाे ।